रसुवा बाढीमा परी २ सय भन्दा बढी विद्यार्थीहरू बेपत्ता

काठमाडौं, १५ भदौ। रसुवाको भोटेकोशीमा आएको बाढीमा परी २०० भन्दा बढी विद्यार्थी बेपत्ता भएका छन्।

 

शिक्षा मन्त्रालयका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित तीन जिल्लामा कम्तीमा १९ वटा विद्यालयहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

 

कम्तीमा नौवटा विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् भने सातवटामा आंशिक क्षति पुगेको छ। साथै, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरू बेपत्ता भएको खबर प्राप्त भएको छ।

 

शिक्षा तथा खेलकुद मन्त्रालयको पछिल्लो विवरणअनुसार २०० भन्दा बढी विद्यार्थी बेपत्ता छन् भने करिब २० जनालाई बाढीले बगाएको छ।

 

गम्भीर रूपमा क्षति पुगेका अधिकांश विद्यालयहरू रसुवा र नुवाकोट जिल्लामा पर्छन्। यी दुई जिल्लाका धेरै विद्यालयहरू, जहाँ कुल २ हजार ४२५ विद्यार्थी अध्ययनरत थिए, बाढीको चपेटामा परेका वा पुरिएका छन्।  एउटा विद्यालयले आफ्ना विद्यार्थीहरू सवार बस बाढीले बगाएको जानकारी दिएको छ।

 

उता, उत्तरी नेपालमा आएको विनाशकारी आकस्मिक बाढीका कारण दुई दिनसम्म विद्यालयमै फसेका नौ जना बालबालिका आफ्ना परिवारसँग पुनर्मिलन भएका छन्। विद्यालयबाट हिँडेर ती बालबालिका सेभ द चिल्ड्रेनले काम गरिरहेको राहत वितरण केन्द्रमा आइपुगेका थिए। 

 

शिक्षा मन्त्रालयले १९ वटा भने पनि सेभ द चिल्ड्रेनले भने उत्तरी नेपालका बाढी प्रभावित जिल्लाहरूमा कम्तीमा ६९ वटा विद्यालयहरू ध्वस्त वा क्षतिग्रस्त भएका छन्, जसले गर्दा करिब १९ हजार बालबालिकाको शिक्षा जोखिममा परेको जनाएको छ।

 

नुवाकोटमा कार्यरत सेभ द चिल्ड्रेनका कर्मचारीहरूका अनुसार विपद्बाट प्रभावित समुदायका बालबालिकाहरू आफूसँग बाँकी रहेका थोरै सामानहरू जोगाएर राख्दै छन् वा विद्यालयका किताब र पोसाक लगायतका गुमेका सामानहरू खोजिरहेका छन्।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।