इटहरीबाट धनकुटाका एक जना सहित दुई युवक पक्राउ

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ डम्फु चोकबाट लागूऔषध ट्याब्लेट तथा क्याप्सुलसहित दुई युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार साँझ करिब ६ बजे लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT र सामुदायिक प्रहरी बिट हलगडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले मोटरसाइकल रोकी बसिरहेका अवस्थामा प्रदेश ०१–०३–०४७ प ११०८ नम्बरको मोटरसाइकलका चालक धनकुटाको सहिदभूमि गाउँपालिका–३ घर भई हाल इटहरी–२ बस्ने २२ वर्षीय उज्वल राई र इटहरी–४ बस्ने २१ वर्षीय सविन मगरलाई शंका लागेर खानतलासी गरेको थियो।

खानतलासीका क्रममा उनीहरूको साथबाट ट्रामाडोल ६१० क्याप्सुल र डिसिक्लोमाइन ६१० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।

दुवै जनालाई बरामद लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।