मोरङमा विभिन्न मुद्दाका १५ फरार प्रतिवादी एकै दिनमा पक्राउ

विराटनगर । मोरङ प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १५ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै न्यायिक कारबाहीलाई पूर्णता दिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले भदौ १५ गते उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेका सबैलाई आवश्यक कारबाही तथा जरिवाना असुलउपरका लागि मोरङ जिल्ला अदालत, विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका ४ जना, अभद्र व्यवहारका ५ जना, चेक अनादरका १ जना, चोरीका १ जना, सवारी ज्यानका १ जना, बैंकिङ कसूरका १ जना, बैंकिङ तथा वित्तीय कारोबारका १ जना र अंगभंग मुद्दाका १ जना छन्।

यससँगै विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका १५ जना प्रतिवादी पक्राउ परेका हुन्।

प्रहरीले अदालतबाट फैसला भई फरार रहेका अन्य प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई पनि निरन्तरता दिने जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।