धनकुटामा अपराध न्यूनीकरण र लागूऔषध नियन्त्रणबारे सचेतना तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा अपराध न्यूनीकरण, कुरीति नियन्त्रण तथा लागूऔषधविरुद्ध सचेतना फैलाउने उद्देश्यले सार्वजनिक सुनुवाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय धनकुटा र जिल्ला प्रहरी कार्यालय धनकुटाको संयुक्त आयोजना तथा महालक्ष्मी नगरपालिकाको समन्वयमा बुधबार महालक्ष्मी नगरपालिका–७ स्थित नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा अपराध न्यूनीकरण तथा कुरीतिविरुद्ध सचेतना, सुरक्षा निकाय, प्रदेश तथा स्थानीय तहबीचको समन्वय र सहकार्य, लागूऔषध नियन्त्रण तथा अपराध नियन्त्रणसँगै प्रभावकारी सेवा प्रवाहका विषयमा जानकारी तथा छलफल गरिएको थियो।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख ध्रुवराज राय, धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकार, प्रहरी निरीक्षक रामप्रसाद खनाल तथा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेक्वा छिन्ताङ धनकुटाका सशस्त्र प्रहरी नायब निरीक्षक सुरज केसीलगायतको उपस्थिति थियो।

त्यस्तै कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, भद्रभलाद्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सरोकारवाला तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।

स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउँदै अपराध न्यूनीकरण र लागूऔषध नियन्त्रणमा सामूहिक पहल आवश्यक रहेकोमा कार्यक्रमका सहभागीहरूले जोड दिएका थिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।