जलवायु न्याय र राष्ट्रिय एकतामा पूर्वअध्यक्ष रेग्मीको जोड

काठमाडौं, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि एकजुट भई विकास र समृद्धितर्फ लम्किनु नै नेपालको राष्ट्रिय लक्ष्य र संवैधानिक मार्गचित्र भएको बताएका छन्।

संविधान दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वअध्यक्ष रेग्मीले लामो सङ्घर्ष र जनआन्दोलनको उपलब्धिस्वरूप संविधानसभाबाट २०७२ सालमा जनता आफैँले संविधान निर्माण गरेको स्मरण गरे। उनले परिवर्तनशील समयको मागअनुसार संविधानको सम्वद्र्धन र परिमार्जन गर्दै लैजानु उपयुक्त हुने धारणा व्यक्त गरे।

नेपालले भोगिरहेको प्राकृतिक चुनौती र जलवायु परिवर्तनको असरबारे चर्चा गर्दै पूर्वप्रधानन्यायाधीशसमेत रहेका रेग्मीले संविधान दिवसले यस्ता विपद्को सामना गर्न राष्ट्रिय सामर्थ्य र एकता प्रदान गरोस् भन्ने कामना गरे। हालै भोटेकोशीमा आएको बाढी तथा रसुवामा हिमपहिरोका कारण भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले भने, "जलवायु परिवर्तनका कारण उत्पन्न यस्ता विपत्तिसँग जुध्न हाम्रो एक्लो क्षमताले पुग्दैन, त्यसैले नेपालका लागि अन्तर्राष्ट्रिय मञ्चबाट जलवायु न्याय र क्षतिपूर्ति अनिवार्य बनेको छ।"

जलवायु न्यायका लागि संयुक्त राष्ट्रसङ्घले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिँदै उनले दीर्घकालीन रूपमा प्राकृतिक विपत्तिको पूर्वतयारी र सामना गर्न नेपालले आफ्नै आन्तरिक क्षमता र प्रविधि पनि बढाउँदै लैजानुपर्ने बताए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।