सुनसरीमा १ हजार ४५४ किलो गाँजा सहित एक जना पक्राउ
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट प्रहरीले १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
शनिबार बिहान करिब ३ बजे को.१ च ८२७९ नम्बरको टाटा पिकअप भ्यान चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
गाँजासहित भोक्राहा नरसिंह गाउँपालिका–५ का ३० वर्षीय रामबहादुर यादवलाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

