नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, २१ असोज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले स्थायी कमिटीको बैठक बोलाएको छ।
एमाले केन्द्रीय सचिवालयका अनुसार पहिलो बैठक यही असोज २२ गतेका लागि आह्वान गरिएको हो। उक्त बैठक दिउँसो १ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीका भावी रणनीति तथा सांगठनिक विषयमा छलफल हुने बुझिएको छ।

