विराटनगरबाट २४ किलो गाँजा सहित दुई भारतीय नागरिक पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८ रेल्वेबाट २४ किलो ४ सय ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत बिहारको अररिया जिल्ला फुलकाहा–१ का २० वर्षीय प्रवेश कुमार साह र सोही ठाउँका २० वर्षीय सुरेश कुमार साह रहेका छन्।

नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३८ एई ०४९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई अस्थायी प्रहरी पोष्ट भेडीयारीबाट खटिएको प्रहरी टोलीले शंका लागेर जाँच गर्ने क्रममा दुई वटा कालो प्लास्टिकको पोकामा लुकाएर राखिएको गाँजा फेला पारेको हो।

दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖