पोखरामा स्कुल बस २०० मिटर तल खस्यो, ५ विद्यार्थी अस्पताल पठाइए
पोखरा, २३ असोज। कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा स्कुल बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको छ।
सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको गण्डकी प्रदेशको ग.२ ख. १४१७ नम्बरको बस दुर्घटनामा परेको हो।
प्राप्त प्रारम्भिक विवरणअनुसार बसमा करिब २१ जना विद्यार्थी सवार रहेको बुझिएको छ। दुर्घटनालगत्तै नेपाल प्रहरीले उद्धार कार्य सुरु गरेको छ।
उद्धार गरिएका पाँच जनालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ।
दुर्घटनामा परी घाइते हुनेको यकिन संख्या, घटनाको कारण तथा अन्य विवरण आउन बाँकी रहेको छ।

