सुनसरीमा जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका दुई जना प्रतिवादी पक्राउ

सुनसरी । जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज २२ गते खटिएको प्रहरी टोलीले फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–२ का ३२ वर्षीय नाना भन्ने नरेन लोहनी रहेका छन्। उनी झुम्का कारागारबाट फरार भएका थिए। उनलाई इनरुवा नगरपालिका–४ स्थित सहमति चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, काठमाडौंस्थित जगन्नाथदेवल कारागारबाट फरार भएका ३० वर्षीय रत्नबहादुर राउतलाई इटहरी उपमहानगरपालिका–७ स्थित बालग्रामबाट पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा दुवै जनालाई पक्राउ गरिएको उल्लेख छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖