सुनसरीमा १ लाख १० हजार रुपैयाँ बराबरका भन्सार छलीका कपडा बरामद

सुनसरी । सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको लत्ताकपडा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ असोज ३० गते राति ८:४५ बजे बर्जु गाउँपालिका–१ स्थित गेलाबारी चोकको भित्री सडकखण्डबाट प्रहरीले उक्त कपडा बरामद गरेको हो।

प्रहरी चौकी शुक्रबारे, सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरिएको अन्दाजी १ लाख १० हजार रुपैयाँ बराबरको कुर्ता–सुरुवाल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

बरामद गरिएका कपडालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुहबीमा ल्याएर राखिएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖