किशोर श्रेष्ठको पक्राउ प्रति पत्रकार महासङ्घको आपत्ति, बिनासर्त रिहाइको माग

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर आपत्ति जनाएको छ। महासङ्घले श्रेष्ठलाई बिनासर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तले दिएको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई ललितपुरको नख्खुस्थित निवासबाट नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ।

पन्तले धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको विषयमा जनआस्था साप्ताहिकमा समाचार प्रकाशित भएपछि विवाद उत्पन्न भएको थियो। सोही समाचारलाई लिएर परेको उजुरीका आधारमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोष खड्कासहितको प्रहरी टोली श्रेष्ठको निवास पुगेको जनाइएको छ।

महासङ्घले समाचारमा प्रकाशित विषयमा चित्त नबुझे प्रचलित र स्थापित विधिअनुसार समाधान खोज्नुपर्नेमा साइबर ब्युरोमार्फत पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संविधानको मर्मविपरीत भएको जनाएको छ।

यस्तो घटनाले लोकतान्त्रिक मूल्य–मान्यता तथा स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यताको उपहास गरेको महासङ्घको ठहर छ। साथै, प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्यसत्ताको आडमा स्वेच्छाचारी व्यवहार गरिएको भन्दै महासङ्घले त्यसको कडा भर्त्सना गरेको छ।

महासङ्घले प्रेसविरोधी व्यवहार सच्याउन र पत्रकार श्रेष्ठलाई बिनासर्त तत्काल रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

त्यस्तै, समाचारको विषयमा कुनै असमझदारी भए सम्बन्धित निकायमार्फत समाधान खोज्न सम्बद्ध पक्षलाई सचेत गराउँदै महासङ्घले आफ्नो क्षेत्राधिकारभित्रका विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖