सुनसरीमा ९१५ किलो गाँजा सहित चार जना पक्राउ

सुनसरी — सुनसरीको इनरुवा नगरपालिका–४ स्थित ज्ञानोदय टोलबाट प्रहरीले ९१५ किलोभन्दा बढी गाँजाजस्तो देखिने पदार्थ र मोटरसाइकलसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गए राति करिब १:३० बजे इनरुवा नगरपालिका–४ स्थित हनुमान मन्दिर नजिक बुलबुल यादवको घरमा गाँजा बिक्री–वितरण भइरहेको विशेष सूचना प्राप्त भएको थियो।

सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुलबुल यादवको घरकोठामा कानुनी प्रक्रियाअनुसार खानतलासी गरेको थियो। खानतलासीका क्रममा घरमा लुकाइछिपाइ राखिएको गाँजाजस्तो देखिने पदार्थ ९१५ किलो ६८० ग्राम र को १–०२–००१ प ९९९९ नम्बरको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादव रहेका छन्।

उनीहरूलाई बरामद पदार्थ र मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖