स्कारपियो र मोटरसाइकल ठोक्किँदा किशोरको मृत्यु, दुई घाइते

सञ्जय मिश्रा/रौतहट, १ कात्तिक । बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक १७ वर्षीय किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

 

आइतबार बिहान करिब ११:३० बजे प्लाई फ्याक्ट्री चोकमा भएको उक्त दुर्घटनामा कलैया उपमहानगरपालिका–२१ निवासी धिरज यादवले ज्यान गुमाएका हुन्। बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको बीआर १९ जी ९९२१ नम्बरको भारतीय स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

 

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवलाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएको थियो। टाउकोसहित शरीरका विभिन्न भागमा गहिरो चोट लागेका उनको उपचारकै क्रममा बिहान ११:५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

 

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका १६ वर्षीय नगेश साह र १८ वर्षीय अरुण यादव पनि घाइते भएका छन्। साहको दाहिने हात, अनुहार र बायाँ खुट्टामा चोट लागेको छ भने यादवको दाहिने हात र खुट्टामा चोट लागेको छ। दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

घटनामा संलग्न स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्कारपियो चालक रौतहटको परोहा नगरपालिका–३ निवासी ३८ वर्षीय अरुणकुमार दुबेलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ।

 

घटनाको अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय बाराबाट इन्स्पेक्टर विमल खतिवडाको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा परेको मोटरसाइकल प्रहरी चौकी बरियारपुरको नियन्त्रणमा रहेको छ।

 

यसैबीच, वडा दशैंका कारण घर फर्किने तथा किनमेलका लागि बजार जाने मानिसहरूको चाप बढेसँगै सडकमा सवारीसाधनको आवागमन पनि बाक्लिएको छ। यही अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेले चालकहरूलाई सतर्कता अपनाएर सवारी चलाउन आग्रह गरेका छन्। चाडपर्वका बेला हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न तीव्र गति नियन्त्रण गर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न र सावधानीपूर्वक सवारीसाधन सञ्चालन गर्न प्रहरीले अनुरोध गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖