भोजपुरबाट १४ जना यात्रु बोकेर सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटना, ३ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी
सुनसरी । भोजपुरबाट १४ जना यात्रु बोकेर सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनामा परेको जानकारी प्राप्त भएको छ।
प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा परी तीन जनाको मृत्यु भएको बताइएको छ।
यद्यपि, मृतकको पहिचान, दुर्घटनाको कारण तथा अन्य यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।


