साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

काठमाडौं, १० कात्तिक । रियादस्थित नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

दूतावासले मंगलबार सूचना जारी गर्दै साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपालीलाई सुरक्षा सावधानी अपनाउन, आधिकारिक निर्देशन पालना गर्न र अपुष्ट सूचना नफैलाउन अनुरोध गरेको हो ।

दूतावासले विशेषगरी सुरक्षा सतर्कतासम्बन्धी चेतावनी जारी भएको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ । स्थानीय प्रशासन तथा सम्बन्धित आधिकारिक निकायबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र सुरक्षा निर्देशन पालना गर्नसमेत सुझाव दिएको छ ।

दूतावासले साउदी अरबको सुरक्षा अवस्थासम्बन्धी आधिकारिक निकायबाट पुष्टि नभएका समाचार, सूचना, तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । अपुष्ट सामग्री सेयर वा पोस्ट गर्दा भ्रम फैलिन सक्ने भएकाले आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न दूतावासले अनुरोध गरेको हो ।

दूतावासले साउदी अरबबाट नेपाल वा अन्य मुलुकमा हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई समेत विशेष सावधानी अपनाउन भनेको छ । यात्रा गर्नुअघि आफ्नो उडानको निर्धारित तालिकामा परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट पुष्टि गर्न दूतावासले आग्रह गरेको छ । उडानको अवस्था यकिन गरेर मात्र विमानस्थलतर्फ प्रस्थान गर्न सुझाव दिइएको छ ।

हुथी विद्राेही समूहकाे आक्रमणका कारण साउदी अरबमा तनाव बढेकाे छ । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖