उदयपुरमा ७ हजार ८२६ किलोभन्दा बढी गाँजा सहित ट्रक नियन्त्रणमा

उदयपुर, कात्तिक १७ गते। उदयपुरको बेलका नगरपालिका–८ मैनामैनीबाट प्रहरीले ७ हजार ८२६ किलो ८१० ग्राम गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।

कात्तिक १५ गते बेलुका विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रामपुर, उदयपुरबाट खटिएको टोलीले मैनामैनी–कोठु भित्री सडकखण्डमा प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रक रोकेर चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ट्रकमा कालो प्लास्टिकले छोपेर २४६ वटा प्लास्टिकका बोरामा प्याक गरी लोड गरिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

बरामद गाँजा र ट्रक आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा बुझाइएको छ।

ट्रकमा गाँजा बरामद भएपछि यसको ओसारपसारमा संलग्न चालक तथा अन्य व्यक्तिहरूको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖