आजको मौसम: चार प्रदेशमा हल्का बर्षा हुने
काठमाडौं, २१ कात्तिक। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रहेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ।
दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बदली लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
राति भने कोशी र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागका साथै बाँकी हिमाली भू-भागमा आंशिक बदली रहने र अन्य भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु वा कुहिरो लाग्नेछ।
आगामी पाँच दिनका लागि कुनै पनि मौसमी चेतावनी जारी गरिएको छैन। यद्यपि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।


