दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन गम्भीरसहित चार जना घाइते

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका–५ मोतिपुर जंगलस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीरसहित चार जना घाइते भएका छन्।

दुर्घटनामा परी मृत्यु हुनेमा गुलरिया नगरपालिका–११ निवासी २४ वर्षीय ओमकार थारु रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका थारुलाई थप उपचारका लागि भारतको लखनउ लैजाने क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार हिजो दिउँसो करिब १ बजे भे ५ प ९१६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भे ११ प ८५६७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा भे ११ प ८५६७ नम्बरको मोटरसाइकल चालक बारबर्दिया नगरपालिका–३ बानियाभार निवासी २५ वर्षीय आशिष थारु गम्भीर घाइते भएका छन्। सोही मोटरसाइकलमा पछाडि सवार बाँसगढी नगरपालिका–७ निवासी १८ वर्षीय रमन थारु सामान्य घाइते भएका थिए। उनको कौशिल्या अस्पताल बाँसगढीमा उपचारपछि डिस्चार्ज भइसकेको छ।

त्यस्तै, भे ५ प ९१६१ नम्बरको मोटरसाइकल चालक भारतको लौकाइ निवासी १८ वर्षीय सहाबुदिन खान र पछाडि सवार २०/२२ वर्षीय जमाल खान पनि गम्भीर घाइते भएका छन्।

घाइतेहरूको टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖