नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौं, ३० कार्तिक । विभिन्न तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ ग्रहण गर्नेहरूमा भारतका लागि आवासीय राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार उक्त शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

