धनकुटाको राजारानीमा भेट्रान फुटबल हुने, बेलायतको टोली समेत सहभागी हुने

धनकुटा, २ मंसिर । धनकुटाको चौबिसे गाउँपालिका–राजारानीमा चौथो ‘स्व. ज्ञानबहादुर तथा बुद्धिमाया लिम्बू स्मृति अन्तर्राष्ट्रिय हाम्रो राजारानी भेट्रान फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ।

 

हाम्रो राजारानी भेट्रान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपाल, भारत र बेलायतका गरी ८ वटा भेट्रान फुटबल टोली सहभागी हुनेछन्।

 

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ३५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले ७१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ।

 

आयोजकले सार्वजनिक गरेको खेल तालिकाअनुसार मंसिर ५ गते प्रतियोगिताको उद्घाटन हुनेछ। उद्घाटन खेलमा दिउँसो १२ बजे आयोजक हाम्रो राजारानी भेट्रान एफसी र सतिसाले भेट्रान एफसी केरावारी, मोरङबीच प्रतिस्पर्धा हुनेछ। सोही दिन दिउँसो २:३० बजे हाम्रो इटहरी भेट्रान एफसी, सुनसरी र धरान सिटी भेट्रान एफसीबीच दोस्रो खेल हुनेछ।

 

त्यस्तै, मंसिर ६ गते दिउँसो १२ बजे बेलायतको यूके भेट्रान एफसी र मोरङको एभरेस्ट भेट्रानबीच प्रतिस्पर्धा हुनेछ। सोही दिन दिउँसो २:३० बजे भारतको सिक्किमस्थित जेभीसी सिङ्ताम भेट्रान एफसी र झापाको दुधे भेट्रान क्लबबीच खेल हुनेछ।

 

प्रतियोगिताको सेमिफाइनल खेल मंसिर ७ गते र फाइनल खेल मंसिर ८ गते आयोजना हुनेछ।

 

राजारानी क्षेत्रमा भेट्रान फुटबलको विकास तथा खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस प्रतियोगितामा भारत र बेलायतका टोलीसमेत सहभागी हुने भएपछि प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्वरूप दिइएको छ।

 

प्रतियोगिताको मुख्य प्रायोजक गोरखा स्टुडियो रहेको छ भने चौबिसे गाउँपालिका संरक्षक रहेको छ। त्यस्तै, बजार व्यवस्थापन समिति राजारानी सहप्रायोजक तथा चौबिसे गाउँपालिकाका वडा कार्यालयहरू सहयोगी संस्थाका रूपमा रहेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖