पथरीको कालापानीमा पहिलो ऐतिहासिक मिनी गोल्डकप हुँदै, ८ टिमबीच प्रतिस्पर्धा

पथरी (मोरङ), २ मंसिर। मोरङको पथरीशनिश्चरे नगरपालिका–२, कालापानीमा पहिलो ऐतिहासिक ‘कालापानी मिनी गोल्डकप फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ। कालापानी युनाइटेड क्लबको आयोजनामा आगामी मंसिर १२ गतेदेखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो।

 

कालापानी खेलमैदानमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।

 

स्थानीय खेलकुदको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका ८ वटा टिमले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष शंकर बुढाथोकीले जानकारी दिए।

 

प्रतियोगितामा जलथल फुटबल क्लब (झापा), बेलबारी फुटबल क्लब (मोरङ), धरान–११ फुटबल क्लब (सुनसरी), च्याङ्ग्रासा फुटबल क्लब (झापा), मोतिराम स्पोर्टिङ क्लब (विराटनगर), तालतलैया फुटबल क्लब (इटहरी), चिल्ड्रेन हट फुटबल क्लब (बराहक्षेत्र) र आयोजक कालापानी युनाइटेड क्लब सहभागी हुनेछन्।

 

प्रतियोगिताको मुख्य प्रायोजक पथरीशनिश्चरे नगरपालिका वडा नं. २ को कार्यालय रहेको छ। प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टिमले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

 

त्यसैगरी, विधागततर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवर्ड र उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कार प्रदान गरिनेछ।

 

आयोजकका अनुसार यस प्रतियोगिताले स्थानीय क्षेत्रमा खेलकुदको प्रवर्द्धनसँगै आपसी सद्भाव, भाइचारा र सामाजिक एकता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖