रौतहटको गौर सीमा क्षेत्रबाट २७ थान गोली बरामद

रौतहट, २ मंसिर। रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रमा बेवारिसे अवस्थामा २७ थान गोली फेला परेका छन्।

 

सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले मंगलबार राति सीमा क्षेत्रमा नियमित गस्ती गर्ने क्रममा ९ एमएम पेस्तोलमा प्रयोग हुने जस्तो देखिने उक्त गोली बरामद गरेको हो।

 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटका अनुसार, सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त टोलीले कानुपट्टी सीमा क्षेत्रमा शंकास्पद अवस्थामा रहेको सेतो प्लास्टिकको झोला जाँच गर्दा सो परिमाणमा गोली भेटिएको हो।

 

सीमा क्षेत्रमा बेवारिसे अवस्थामा गोली फेला परेएपछि सुरक्षा निकायले यस घटनालाई गम्भीर रूपमा लिएको छ। बरामद गरिएका गोली कसले र कुन प्रयोजनका लागि त्यहाँ छाडेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖