धरान फिल्म फेस्टिभलका लागि चलचित्र आवेदन खुला

हिराराज राई, धनकुटा । धरानमा पहिलो पटक आयोजना हुन लागेको धरान फिल्म फेस्टिभलका लागि चलचित्र आवेदन खुला गरिएको छ। बीपीफोर इन्टरटेन्मेन्टको आयोजनामा हुने फेस्टिभलका लागि मंगलबारदेखि अनलाइन आवेदन सुरु गरिएको आयोजकले जनाएको छ।

फेस्टिभलमा सहभागी भई आफ्ना चलचित्र प्रदर्शन गर्न इच्छुक निर्माताले आवेदन दिन सक्नेछन्। आयोजकका अनुसार ४० मिनेटसम्मका फिचर चलचित्र, लघु चलचित्र, वृत्तचित्रलगायत विभिन्न विधाका चलचित्रका लागि आवेदन आह्वान गरिएको हो।

आयोजकले फेस्टिभलको आधिकारिक फेसबुक पेजमार्फत क्यूआर कोड र आवेदन लिङ्क सार्वजनिक गरेको छ। साथै, धरान फिल्म फेस्टिभल डट ओआरजी र इभेन्टलयको वेबसाइटमार्फत पनि चलचित्र दर्ता गर्न सकिने फेस्टिभल निर्देशक तथा आयोजक संस्थाका सञ्चालक विनोद विश्वकर्माले जानकारी दिनुभयो।

उहाँका अनुसार अनलाइन आवेदन फाराम मङ्सिर १० गतेसम्म मात्र खुला रहनेछ।

फेस्टिभल मंसिर २७ र २८ गते आयोजना हुनेछ। महोत्सवमा छनोट भएका चलचित्र प्रदर्शनसँगै कार्यशाला, मास्टरक्लास, चलचित्र पत्रकार र कलाकारबीच अन्तरक्रिया, चलचित्र पर्यटनसम्बन्धी प्यानल छलफल, विशेष चलचित्र प्रदर्शन, विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान तथा सांस्कृतिक प्रदर्शनीलगायत कार्यक्रम समावेश गरिनेछ।

यसका साथै, महोत्सवका विभिन्न कार्यक्रम तथा विधामा सहभागी हुन आवश्यक दर्ता फाराम पनि फेस्टिभलको आधिकारिक वेबसाइट र इभेन्टलयमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖