सहायक रथी श्रेष्ठलाई नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी
काठमाडौं, ३ मंसिर । नेपाली सेनाको प्रवक्ता फेरिएका छन् । यसअघिका प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई प्रधानसेनापतिको सचिवालयमा सैनिक सहायकको जिम्मेवारीमा सरुवा गरिएको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले सहायक रथी राजेन्द्र श्रेष्ठलाई सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको नेतृत्व (प्रवक्ता) को जिम्मेवारी दिएका छन् ।
श्रेष्ठले बिहीबारदेखि नै प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । उनले विगतमा जस्तै रचनात्मक सहयोग र सुझावको अपेक्षा गरेका छन् ।
बस्नेतले करिब १७ महिनासम्म नेपाली सेनाको प्रवक्ता तथा सैनिक जनसम्पर्क तथा सूचना निर्देशकको जिम्मेवारी सम्हालेका छन् ।

