राजदूत पाण्डेले भारतीय राष्ट्रपति मुर्मू समक्ष बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं, ३ मंसिर । भारतका लागि नेपालका नवनियुक्त राजदूत निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । उनले बिहीबार दिउँसो राष्ट्रपति निवासमा मुर्मूसमक्ष प्रमाणपत्र बुझाएका हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको मंसिर ६ र ७ गते मित्रराष्ट्र भारतको भ्रमण हुने भएपछि पाण्डेले छिट्टै भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन समय पाएका हुन। 

भारत सरकारले प्रधानमन्त्री शाहको भ्रमणअघि नेपालप्रति असाधारण कूटनीतिक सदासयता देखाएकोरूपमा यसलाई लिइएको छ ।

सोमवार नियुक्त भएका राजदूत पाण्डेलाई भारत सरकारले ओहोदाको प्रमाणपत्र बुझाउन दिल्ली पुगेको ४८ घण्टा नबित्दै आमन्त्रण गरेको छ । यति छोटो समयमा ओहोदाको प्रमाणपत्र बुझाउने पाण्डे भारतका लागि पहिलो नेपाली राजदूत हुन् । 

कार्यभार सम्हाल्न राजदूत पाण्डे मंगलवार मात्रै नयाँ दिल्ली पुगेका थिए । उनले बुधवार भारतीय विदेश मन्त्रालयको शिष्टाचार महाशाखामा पुगेर आफू कार्यभार सम्हाल्न आएको औपचारिक जानकारी दिएका थिए । नेपाल सरकारले पत्र पठाएको तीन साताभित्रै राजदूत पाण्डेको एग्रिमो भारत सरकारले पठाएको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖