आजको मौसम : चिसो क्रमशः बढ्दै जाने, हुस्सु र कुहिरो लाग्ने
काठमाडौं, ५ मंसिर । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा तुवाँलो र हुस्सु लागेको छ ।
दिउँसो देशभर आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपात तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राति पनि देशभर आंशिक बादल लाग्नेछ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपात तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
आगामी पाँच दिनका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन । यद्यपि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।
