इटहरी मुख्य चोकमा गुडिरहेको कारमा आगलागी
सुनसरी । सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको टाटा इन्डिका कारमा अचानक आगलागी भएको छ । आगलागीबाट कार पूर्ण रूपमा जलेर नष्ट भएको छ भने कारमा सवार पाँचै जना सकुशल रहेका छन् ।
सोमबार बिहान पाँच जना सवार पेट्रोल कारमा आगलागी भएको हो । प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ ।
आगो तीव्र रूपमा फैलिएपछि कार पूर्ण रूपमा जलेर ध्वस्त भएको भए पनि कारमा सवार पाँचै जना सुरक्षित रहेको बताइएको छ ।
आगलागीबाट गाडीमा ठूलो क्षति पुगेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
