शिवसताक्षीमा ४ वर्षीया बालिकामाथि दुर्व्यवहारको आरोप, ६१ वर्षीय वृद्ध पक्राउ
झापा । झापाको शिवसताक्षी नगरपालिका–११ मा ४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ६१ वर्षीय एक वृद्ध पक्राउ परेका छन्।
पक्राउ पर्ने स्थानीय हर्कबहादुर तिवारी रहेको बताइएको छ। बालिकाकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
