धनकुटामा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना, तीन जिल्ला कार्यक्षेत्र

धनकुटा । धनकुटामा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ । धनकुटा, भोजपुर र संखुवासभा जिल्लालाई कार्यक्षेत्र रहने गरी स्थापना गरिएको कार्यालयको आज उद्घाटन गरिएको हो ।

नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालयको २०८३ भदौ १३ गतेको निर्णयअनुसार स्थानीय पूर्वाधार विकास विभाग मातहत ७ वटा पूर्वाधार अनुगमन तथा सुपरिवेक्षण कार्यालय र २१ वटा पूर्वाधार विकास डिभिजन कार्यालय रहने व्यवस्था गरिएको थियो ।

सोही निर्णयअनुसार धनकुटा, भोजपुर र संखुवासभा जिल्लाको कार्यक्षेत्र रहने गरी धनकुटामा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गर्ने निर्णय भएको हो ।

जिल्ला समन्वय समिति धनकुटाको रिक्त भवनमा स्थापना गरिएको कार्यालयको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले गरेका हुन् ।

नयाँ कार्यालय स्थापना भएसँगै तीन जिल्लामा पूर्वाधार विकाससम्बन्धी योजना कार्यान्वयन, अनुगमन तथा निर्माण कार्यको सुपरिवेक्षणमा थप सहजता हुने अपेक्षा गरिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖