मोर्चालाई शंकर पोखरेलको चुनौति- जनता साथमा छन् भने चुनावमा जान किन डराएको ?

‘जननिर्वाचित प्रतिनिधिमार्फत संविधान संशोधन गर’

काठमाडौं, १० फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले निर्वाचनमा होमिन मधेसवादी दललाई आह्वान गरेका छन् ।

सरकारले चुनाव घोषणा गरेसँगै मोर्चा आन्दोलनमा उत्रिएपछि नेता पोखरेलले सामाजिक सञ्जालमार्फत तराई मधेसका जनता साथमा भए चुनावमा जान किन डराएको भनी प्रश्न गरेका छन् ।

उनले चुनावबाट जनताको ताजा जनादेश लिएर संविधान संशोधन गर्न मोर्चालाई सुझाव समेत दिएका छन् ।

‘मोर्चालाई तराई र मधेसका जनता आफ्ना पक्षमा छन् भन्ने विश्वास भए चुनावमा भाग लिएर जननिर्वाचित प्रतिनिधिमार्फत संविधान संशोधनको माग गर्नु राम्रो हो,’ नेता पोखरेलले भनेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।