छथर क्याम्पसमा अनेरास्वबियुलाई ४ मतले हराउँदै पबित्रा पौडेलको नेतृत्वमा संयुक्त प्यानल बिजयी
धनकुटा खबर । तेह्रथुम, १८ फागुन – तेह्रथुम जिल्लाको छथर सुक्रबारेमा रहेको छथर क्याम्पसमा अनेरास्वबियुलाई ४ मतले हराउँदै पबित्रा पौडेलको नेतृत्वमा स्वतन्त्र बिद्यार्थी युनियन संयुक्त प्यानल बिजयी भएको छ ।
अनेरास्वबियुका उमेरद्धार गोपाल लिम्बुलाई ४ मतले पछि पार्दै संयुक्त प्यालन बिजयी भएको छ । संयुक्त प्यालन अन्तरगत नेबिसंघका पौडेलले लिम्बुको २६ मतलाई ३० मत प्राप्त गर्दै अध्यक्षमा निर्बाचित भएको निर्बाचन प्रमुख नबिन भट्राईले बताउनु भयो ।
त्यस्तै सबिचमा अखिल क्रान्तीकारीका फुलमाया लिम्बु कोषाध्यक्ष अखिल क्रान्तीकारी कोपिला माझी, सदस्यहरु क्रान्तीकारीबाट रस्मीता कटुवाल अखिल संघिय बिद्यार्थी युनियन लिम्बुवानबाट श्याम पाक्साँवा र अनेरास्वबियुका प्रदिप मादेन बिजयी हुनु भएको छ । संयुक्त प्यानल अन्तरगत नेबिसंघ अखिल क्रान्तीकारी र संघिय बिद्यार्थी युनियन लिम्बुवान रहेको छन ।
निर्बाचनमा ६० मतमा ५७ मत खसेको थियो ।



