नेपालीले पनि क्षुद्रग्रह पत्ता लगाए

काठमाडौं, २४ फागुन । गत माघ ६ गतेदेखि फागुन ७ गतेसम्म सञ्चालित राष्ट्रव्यापी नेपाल क्षुद्रग्रह खोज अभियान–२०१७ अन्तर्गत पहिलोपटक छवटा क्षुद्रग्रह पत्ता लागेका छन् ।

अभियानका लागि नेपालबाट पाँच टोली छनोट गरिएकामा चार टोली काठमाडाँैका र एक टोली पोखराका भएको बताइएको छ ।

अभियानका क्रममा सहभागी टोलीलाई अमेरिकाको हवाईस्थित पानोरामिक सर्वे टेलिस्कोप तथा रापिड रेस्पोन्स सिस्टम (प्यान्स्टार्स)ले खिचेका तस्बिर तथा आवश्यक सफ्टवेयर र निर्देशन दिइएको थियो ।

सोका आधारमा उनीहरुले यहीँ नै ती क्षुद्रग्रह पत्ता लगाएर अमेरिका पठाइएको हो । सो खोज प्रमाणित हुन भने केही बर्ष पर्खनु पर्ने हुन्छ ।

टोलीमा काठमाडौंको सेलिब्रेसन कोएड विद्यालयलगायतका विद्यार्थी तथा पोखराको पृथ्वीनारायण क्याम्पसका शिक्षक तथा विद्यार्थी र नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का क्लव मेम्बरहरु सहभागी थिए ।

खोज नयाँ र प्रमाणित भएमा ती क्षुद्रग्रहलाई नेपाली नाम पनि दिन सकिने सोसाइटीका अध्यक्ष सुरेश भटृराईले जानकारी दिनुभयो । यस अभियानबाट नेपाली विद्यार्थीमा पनि यस्ता अनुसन्धानप्रति लगाव बढ्ने उहाँले बताउनुभयो ।

अभियानका सहभागी टोलीले प्यान्स्टार्समार्फत प्राप्त तस्बिरमा भेटिएका लगभग एकलाख ८० हजार चलायमान पिण्डको परीक्षण गरेका थिए । प्यान्स्टार्सका हाल एक दशमलव आठ मिटरका दुईवटा टेलिस्कोप सञ्चालनमा छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।