नेपाली सेनाका कमाण्डर भन्छन्- ‘प्रचण्ड-देउवा सबै भारतका झण्डावाल हुन्’

काठमाडौं, ३० फागुन । नेपाली सेनाका पूर्व व्रिगेडियर जनरल प्रेम सिंह बस्न्यातले प्रचण्ड र देउवालाई भारतका झण्डावाल मात्र भएको आरोप लगाएका छन् । भारतले नेपालको सार्वभौम सत्तामाथि गरेको ठाडो हस्तक्षेपप्रति कुनै प्रतिरोध नगर्नुले उनीहरु भारतपरस्त भएको बस्न्यातको आरोप छ । उनले साँघु पत्रिकासँग गरेको कुराकानीमा यस्तो बताएका हुन् ।

कुराकानीको पूरा अंशः

पहिले मान्छेको महत्व थिएन, गोरा जातिले अमेरिकामा काला जातिमाथि अत्याचार मात्र गर्दैनथे, पशु चौपया बिक्री गरी बेच्थे र बधुवा बनाएर घरमा राख्थे । भारतले हामीलाई अहिलले ठीक यही शैलीमा बधुवा मजदुर जस्तै बनाइरहेको छ ।

त्यसैले उसको हेपावा प्रवृति नेपालीमाथि विभिन्न शैलीमा प्रकट भइरहन्छ । अहिले कंचनपुरमा भएको पनि यस्तै हेपाहापनको उपज हो ।

फाईल फोटो

हाम्रो देश नेपाललाई एउटा स्वतन्त्र देश भनेर मानेकै छैन । म ठोकुवाको साथ भन्छु भारतको शव्दकोषमै नेपाल स्वतन्त्र देश भन्ने छैन । त्यसैले भारतले यहाँ निरन्तर हस्तक्षेप गरिरहेछ ।

राजा त्रिभुवनलाई नेपालमा राष्टपिता भनेर वर्णन गरिन्छ । तर उनी नेपालका दुर्भाग्य हुन् । किनकि उनले हामी नेपालीलाई भारतको बधुवा मजदुर बनाएका थिए । अहिले प्रचण्ड, शेरबहादुर देउवा (देउवाजी त अझै सत प्रतिशत इण्डियन पक्षधर होइनन्, उहाँको लगाम अन्तै छ) त्रिभुवनले विगतमा भित्राएको बधुवा मजदुरशीपको नयाँ संस्करणको रक्षा गरिरहेका छन् । प्रचण्ड- देउवालगायत राजनीतिक दलका नेता भारतका झण्डावाल हुन् ।

सन् १९६२ को युद्ध त्यतिमा भारत भागेको थिएन । राजा महेन्द्र, माओत्सेतुन र चाइनको डेप्लोमेसीले त्यता ठोकेपछि मात्र भारतीय यताबाट भागेका थिए । मैले चाइनालाई हस्तक्षेप गर्नु भनेको होइन तर भारतीयहरुलाई तह लगाउन यस्तै गर्नुपर्छ । चीनको प्रोफेसरले बोलेर हुँदैन । कुनै रक्षामन्त्री, मन्त्री वा नेताले कडा भाषा बोल्यो भने त्यत्तिकै खत्रक्क हुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।