रोजगार एवं रोजिरोटीका लागि युबाहरु बिदेशिएसँगै ग्रामिण क्षेत्रमा समाजिक कार्यका लागि युबा पाउन कठिन
धनकुटा खबर, तेह्रथुम – १५ चैत्र । तेह्रथुमको ग्रामिण क्षेत्रमा रोजगारको खोजी एवं रोजिरोटी का लागि युबाहरु बिदेशिएपछि यतिबेला समाजिक तथा बिभिन्न भौतिक निमार्णका लागी युबाहरु पाउन कठिन हुन थालेको छ ।
राज्यले युबाहरुको लागी रोजगारको लागी अबसर दिन नसक्दा बिदेशीने युबाहरुको संख्या दिनप्रतिदिन बढेदै गएको छ । युबाहरु बिदेशीने क्रमसँगै ग्रामिण क्षेत्रहरुमा बिभीन्न योजना सञ्चालन तथा सामाजिक कार्य सम्पन्न गर्न समेत समस्या बन्दै गएको तेह्रथुम छथर गाँउपालीका २ हमरजुङका गाबिन्द साँवाले बताउनु भयो । युबाहरु बिदेशीए सँगै यतिबेला महिला तथा बृद्ध बृद्धाहरु मात्र गाउमा पाउन थालेका छन ।
बिदेशीएका युबाहरुको परिवारहरु पनि शहरहरुमा बस्ने क्रम बढ्दै गए पछि यातायातका साधन पुग्न नसक्ने गाँउमा मरीमराउसँगै बिरामीहरुलाई सेवा दिन समस्या बन्दै गएको साँवाले बताउनु भयो ।
गाँउमा भएका युबाहरु पनि शिक्षा र रोजगारको खोजी गर्दै हरेक दिन शहरतिर लाग्ने क्रम बढ्दै गएकोले गाउँमा समाजिक कार्यका लागि युबा पाउन कठिन रहेका स्थानीयको भनाई छ ।


