यन्त्रबाट मकै रोप्दै : मकै रोप्न हलोको विकल्प ‘पुस रो प्लान्टर’

नुवाकोटको खड्गभञ्ज्याङमा मेसिनबाट मकै रोप्दै कृषक । पुस रो प्लान्टर भनिने यस मेसिनबाट एक घण्टामा २ देखि ३ रोपनी क्षेत्रफलमा मकै रोप्न सकिन्छ । तस्बिर: नवदीप श्रेष्ठ, नुवाकोट, रासस

त्रिशूली (नुवाकोट), १८ चैत । गोरुले जोतेर मकै रोप्दै आएका यहाँका किसानले अब यन्त्रको सहयोगमा रोप्न थालेका छन् ।

चौघडा र खड्गभन्ज्याङमा किसानले नमुनाका रुपमा यन्त्रबाट मकै रोप्न थालेका हुन् । किसानलाई सहजताका लागि मकै रोप्ने यन्त्र सिमिट इन्टरनेसनल सिसा परियोजनाले भित्र्याएको हो ।

चौघडा र खड्गभन्ज्याङमा किसानले ‘पुस रो सिडर’ भनिने मकै रोप्ने यन्त्रबाट मकै रोप्न थालेका छन् । किसानलाई थोरै श्रममा धेरै उत्पादन गराउनका लागि प्रविधिको सहयोग गरिँदै आएको सिमिट कार्यक्रममा फिल्ड अफिसर देव खड्काले बताउनुभयो ।

समथर र पहाडी भागमा उपयोगी हुने सो प्रविधिबाट किसानलाई समय र श्रमको बचत हुने उहाँको भनाइ छ । यो यन्त्र प्रयोग गर्नका लागि कुनै पनि इन्धन नचाहिने भएकाले किसानलाई अझ सहज र सस्तो पर्ने छ । गोरुभन्दा सस्तो र सजिलो पनि रहेकाले यन्त्रको प्रयोगबाट मकै रोप्न सहज भएको चौघडाका किसान भोजराज न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एउटा मेसिनबाट प्रतिघन्टा दुईदेखि तीन रोपनी जग्गामा मकै रोप्न सकिनेछ ।” सो यन्त्र बजारमा रु १२ हाराहारी पर्ने गर्छ । किसानले चाहेका खण्डमा सिमिटले ५० प्रतिशत छुटमा समेत प्रविधि किसानलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको परियोजनाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।