नेपाल–चीन सम्बन्ध अद्वितीय

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण सकेर बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशीष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै । तस्बिर: प्रदीपराज वन्त, रासस

काठमाडौँ, १६ चैत । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल¬–चीन सम्बन्ध अद्वितीय रहेको चर्चा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले पारस्परिक सम्बन्धलाई नयाँ उचाई दिएको बताउनुभएको छ ।

चीनको सछुवान प्रान्त र यहाँस्थित चिनियाँ दूतावासले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल–सछुवान पाक कला सांस्कृतिक सप्ताह’मा उहाँले उक्त कुरा बताउनुभएको हो । “भूगोललेमात्र नेपाल र चीनलाई जोडेको छैन, संस्कृतिले दुवै देशलाई अझ सुदृढ बनाएको छ¬”¬–उपप्रधानमन्त्री महराले भन्नुभयो ।

नेपालका लागि चीनका राजदूत यू होङले एकअर्काबीच राजनीतिक विश्वास, प्रवद्र्धन, पारस्परिक समर्थन, द्विपक्षीय लाभ र सहयोग चीन र नेपाल सम्बन्धका प्रमुख आधार भएको बताउनुभयो ।

स्वतन्त्र व्यापार, ‘एक क्षेत्र एक मार्ग’, कृषि, ऊर्जालगायतका क्षेत्रमा चीन र नेपालको सहकार्य निरन्तर रहेको बताउँदै उहाँले भविश्यमा पारस्परिक सम्बन्ध अझ मजबुद हुने विश्वास व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन (युनेस्को)बाट पाक कलाको उपाधि पाउने एसियाको पहिलो सहर चीनको छन्दु हो । उक्त सहर सछुवान प्रान्तको राजधानी पनि हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।