छ वर्षको कठोर तपस्यापछी ‘महासम्बोधी धर्म संघ गुरु’का नामले चिनिएका ‘रामबहादुर बमजन तामाङ’ विश्व भ्रमणमा निस्कने (भिडियो सहित)

महासम्बोधी गुरु धर्म संघले चैत ८ गतेदेखी ललितपुरको चुन्नीखेलमा आयोजना गरेको कार्यक्रममा दर्शन र पूजा जारी नै रहेको छ ।

छ वर्षको कठोर तपस्यापछी महासम्बोधी धर्म संघ गुरुका नामले चिनिएको रामबहादुर बमजन तामाङले ०६२ जेठ दुइ गतेदेखी ०६८ साल जेठ दुइ गते सम्म तपस्या बसेर ज्ञान प्राप्त गरेका थिए ।

तामाङ चौध वर्षको उमेरदेखी तपस्यामा लागेका थिए । तामाङले बाराको रतनपुरी र हलखोरीया जंगलमा छ वर्ष तपस्या गरेर ज्ञान प्राप्त गरेको हो । तामाङले संसारका असंख्य प्राणीको दःखलाई मुक्त गराइ श्रद्धा, विश्वास र आस्थाको मार्गमा हिडाउँन लागेको पनि आयोजकले बताएका छन् ।

तामाङले प्रतिपादन गरेको दर्शनलाइ ‘बोधिमार्ग दर्शन’ भनिन्छ भने उनले प्रतिपादन गरेको धर्मलाई ‘मैत्री धर्म’ को नामले चिनिने पूर्वमन्त्री तथा बोधी श्रवण धर्म संघका केन्द्रिय सदस्य मनी लामा तामाङले बताए ।

उनी विश्वभ्रमणमा निस्कने भएकाछन् । विश्व भ्रमणमा जानु भन्दा पहिला नेपालमा दिइने यो अन्तिम मार्गदर्शन हुने केवल मैत्रीले बताए । उनले एक सय ६३ वटा मुलुकमा मार्गदर्शन दिनेभएकाछन् बोधीसंघ धर्मको बारेमा ।

सत्ताइस वर्ष पुगेका बमजन बोधी धर्मलाइ बुद्ध धर्म भन्दा फरक मान्छन् । हिन्दु, बौद्ध, मुश्लिम, जैन, क्रिश्चियन लगायतका सम्प्रदाय छन् । तर उनी मान्छे सबै एक हो भन्ने मान्यता राख्छन् । सृष्टिमा भएको सम्पुर्ण प्राणी उनको परीवार मान्ने उनको दर्शन हो भने जन्मेको आधारमा कसैलाइ परिवार मान्नु हुदैन भन्छन्, सृष्टि एउटा परिवार हो ।

विश्वशान्ति महामैत्री पूजा एवं महादर्शन आशिर्वाद कार्यक्रम चैत्र २० गते सम्म चलिरहनेछ ।

https://youtu.be/Mubh5c2Q5T0



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।