बस्ती-बस्तीबाट नेता-कार्यकर्ताहरु लिम्बुवान मञ्चमा संगठित

धनकुटा खबर, तेह्रथुम, १८ चैत्र । तेह्रथुमको बस्ती बस्तीमा यतिबेला मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चका नेता कार्यकर्ताहरु संगठित बन्दै गएका छन ।
जिल्लाको २ नगरपालिका र ४ गाँउपालिकाहरुमा लिम्बुवान मञ्च तर्फ बिभीन्न पार्टीका नेता कार्यकर्ताहरु संगठित बन्न थालेका छन ।
पहिचान सहितको संघीय राज्य निमार्णका साथै लिम्बुवान राज्य स्थापनाको निम्ती युबा युबती सँगै लिम्बुवानी जनताहरु एक बन्दै गएको लिम्बुवान मञ्च तेह्रथुमका अध्यक्ष देब नारायण सम्बाहाम्फेले बताउनु भयो ।
संगठित हुने क्रममा छथर गाँउपालिका २ नम्बर वडा साबिक हमरजुङको ४ नम्बर बस्तीमा धर्म सिंह लिम्बुको अध्यक्षतामा २५ सदस्यीय टोल समिती आजै गठन गरीएको मञ्चका कृयासिल सदस्य श्याम पाक्साँवाले बताउनु भयो । समितीको सचिबमा चन्द्र बहादुर लिम्बु रहनु भएको छ ।
समिती जिल्ला सचिब दिल पाक्साँवाको प्रमुख आतीथ्यतामा गठन गरीएको थियो ।
जिल्लाको हरेक बस्तीहरुमा लिम्बुवान मञ्चका नेता तथा कार्यकर्ताहरु तिब्र रुपमा संगठित हुँदे आएका छन । संगठन निमार्णका लागी लिम्बुवान मञ्चका जिल्ला नेताहरु क्रियाशील रुपमा बस्तीहरुमा जिम्मेवारीका साथ लाग्दै आएको लिम्बुवान मञ्च तेह्रथुमले जनाएको छ ।


