पत्रकारका लागि गेष्ट हाउसमा ५० प्रतिशत छुट

चितवन, १८ चैत । उद्योग वाणिज्य सङ्घ चितवनद्वारा सञ्चालित गेष्ट हाउसमा पत्रकारका लागि ५० प्रतिशत छुट दिइने भएको छ ।

नारायणी नदीको किनारमा रहेको सो गेष्ट हाउसमा एसिसहितका पाँचवटा र एसिरहित ११ वटा कोठा छन् । यसअघि सो गेष्ट हाउसमा पत्रकारलाई ३० प्रतिशत छुट दिइँदै आएको थियो ।

नेपाल पत्रकार महासङ्घ चितवन शाखाको नवनिर्वाचित कार्यसमिति र पार्षदका लागि आज आयोजना गरिएको बधाई तथा स्वागत कार्यक्रममा सङ्घका अध्यक्ष राजन गौतमले सो घोषणा गर्नुभएको हो । सो अवसरमा उहाँले समाचार सङ्कलन गर्न देशका जुन कुनै कुनाबाट चितवन आउने पत्रकारलाई सो सुविधा प्रदान गरिने बताउनुभयो ।

पार्किङसहितको सो गेष्ट हाउसमा रहेका एसि कोठालाई रु एक हजार ५०० देखि रु एक हजार ७५० सम्म र एसि नभएका कोठालाई रु नौ सय भाडा लिने गरिएको छ । उक्त सुविधासँगै बाहिरी जिल्लाबाट चितवन आउने पत्रकार प्रत्यक्ष रुपमा लाभान्वित हुने पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडा बताउनुहुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।