‘धनकुटालाई संघिय राज्यको राजधानी बनाउनुपर्ने’ लगायतका माग सहित आदिवासी र आठपहरीयाले बुझायो ज्ञापन–पत्र (फोटो फिचर सहित)

धनकुटा खबर, चैत २० । संविधानमा आदिबासी जनजातिहरुको अधिकारको कार्यान्वयनको बिषयलाई लिएर नेपाल आदिवासी जनजाति जिल्ला समम्वयन समिति र किरात आठपहरीया समाजले जिल्ला प्रशासन धनकुटा मार्फत् नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाएका छन् ।

धनकुटाको मदन चौक देखि संयुक्त बिरोध ¥यालीको आयोजना गरेर प्रशासनमा धर्ना र कोण सभा गरी आठपहरीयाले ९ बुंदे र समन्वयन समितिले २४ बुंदे माग राखेर छुट्टा–छुट्टै ज्ञापन–पत्र बुझाएका हुन् ।

ज्ञापन–पत्र मार्फत् समन्वयन समितिले संविधान संशोधन गरेर स्थानिय तह देखि प्रादेश सम्मको सिमाङ्कन देखि राजधानी सम्मका सबै काम सकेर त्यसमा आदिवासी जनजातिहरुको अधिकार सु–निश्चित गरेर मात्र चुनाव गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै आठपहरीया समाजले धनकुटा नगरपालिकालाई आठपहरीया स्वसाशित क्षेत्र बनाउनुपर्ने, धनकुटालाई संघिय राज्यको राजधानी बनाउनुपर्ने, आठपहरीया जातिहरुलाई आदिवासीमा सूचिकरण गर्नुपर्ने लगाएतका माग राखेका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीलाई आदिवासीका जिल्ला अध्यक्ष सन्जय सन्तोषी राई आठपहरीया समाजका केन्द्रिय उपाध्यक्ष चन्द्र बहादुर आडपहरीयाको नेतृत्वको टोलीले ज्ञापन–पत्र बुझाएको थियो ।


तस्वीर: बिरोध जुलुस र ज्ञापन पत्र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।