साँस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न धनकुटामा ३ दिने छथर महोत्सव

धनकुटा खबर, चैत २४ । साँस्कृतिक पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले धनकुटामा ३ दिने तेस्रो छथर महोत्सव हुने भएको छ ।
धनकुटा र तेह्रथुम जिल्लामा रहेको लिम्बु जातिको बिभिन्न ८ थलो(यक)लाई साँस्कृतिक पर्यटन गन्तब्यका रुपमा बिकास गर्न उक्त महोत्सव हुन लागेको हो ।
छथर समाज धरानको आयोजनामा चैत २९,३० र ३१ गते हुन लागेको उक्त महोत्सव तेह्रथुमको ताक्लुङ्ग र पन्चकन्या पछि यो बर्ष धनकुटाको साबिक परेवादिनको ताम्लिङ्गमा हुनलागेको हो ।

आयोजकले बिहिबार पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी पुरा भएको जानकारी दिएको छ ।
करिव १२ लाखको लागतमा सन्चालन हुन लागेको उक्त महोत्सवमा छथर क्षेत्रमा पाईने लिम्बु लगाएत बिभिन्न जातका पहिरन र खानको एक दर्जन स्टलहरु रहने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा करिव एक लाख पर्यटक भित्राएर ५ लाख भन्दा बढीको मौलिक भेषभुषा र परिकारको ब्यापार गर्ने लक्ष रहेको आयोजक समितिका प्रचार बिभाग प्रमुख धर्मराज थोक्लेनले जानकारी दिए ।


