करोडौ खर्चेर बन्दा-बन्दैको छिन्ताङ्ग शहिद पार्क यसकारण भयो अलपत्र
धनकुटा खबर । रकम अभावका कारण धनकुटाको साविक छिन्ताङ्ग गा.बि.स.को पाताल गाउँमा निर्माणाधिन शहिद स्मृति पार्क ६ बर्ष देखि अलपत्र परेको छ ।
शहिद भूमिका नामले पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले २०३६ सालको छिन्ताङ्ग हत्याकाण्डमा ज्यान गुमाउने १६ जना शहिदहरुको सम्झनामा उक्त पार्क निर्माण शुरु गरीएको थियो ।

२०६६ सालमा पूर्व शान्ति मन्त्री रकम चेम्जोङ्गको पहलमा शान्ति मन्त्रालयको १ करोड ६० लाखको लगानीमा लगानीमा उक्त पार्क बनाउने काम शुरु गरिएको थियो ।
तर थप कामको लागि बजेट अभाव हुंदा योजना अलपत्र परेको समितिका अध्यक्ष रुपलाल राईले जानकारी दिए ।
९५ रोपनी क्षेत्रफलमा निर्माणाधिन उक्त पार्कमा बिभिन्न शहिदहरुको शालिक राख्ने,बनभोज स्थलका लागि बिभिन्न पूर्वाधार बनाउने थप कामहरु गर्न बाँकी नै रहे पनि को पार्क जिर्ण बन्दै गएको छ ।
तात्कालिन समयमा एक करोड २२ लाखको लागतमा १५ कि.मि.बाटो, पार्कको मुख्य भाग, प्रवेशद्धार र आधा भ्यू टावर मात्र बनेका छन् ।
पानीको अभाव,ढुवानीको समस्याका कारण थप काम हुन नसक्दा उक्त समयमा ३८ लाख रकम फ्रिज भएर गएको थियो ।
तर पछिल्लो समयमा थप कामको लागि कतैबाट पहल हुन नसक्दा पार्कको निर्माण कार्य पुरा हुन नसकी बनेको संरचनाहरु समेत जिर्ण बन्दै गएको समितिले जानकारी दिएको छ ।

