सिमराहास्थित दलित वस्तीमा आगलागी हुँदा अहिलेसम्म ४० घर जलेर नष्ट, आगो अझै नियन्त्रणमा आएन

लहान, २८ चैत । सिरहाको सखुवा नन्कारकटी–८ सिमराहास्थित दलित वस्तीमा आज साँझबाट सुरु भएको भिषण आगलागीबाट अहिलेसम्म ४० वटा घर जलेर नष्ट भइसेको छ ।

स्थानीय हरिनारायण मण्डल(खत्बे)को परालको थुप्रोबाट सल्केर सुरु भएको आगलागीमा २५ परिवारको ४० घर जलेर नष्ट भइसकेको र आगलागी अझै पूर्णरुपमा नियन्त्रणमा आइनसकेको इलाका प्रहरी कार्यालय महेशवारी सिरहाका प्रहरी नायब निरीक्षक रामकृष्ण चौधरीले जानकारी दिनुभयो ।

आगलागी अझै जारी रहेकाले आगलागीबाट अहिलेसम्म के कति धनजन क्षति भयो भन्ने यकिन हुन नसकेको प्रहरी नायब निरीक्षक चौधरीले बताउनुभयो ।

साँझ ५ बजेबाट सुरु भएको आगलागी स्थानीयवासी र प्रहरी मिलेर निभाउने प्रयास जारी राखेपनि आगलागी अझै नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् ।

आगो निभाउन लहान, सिरहा र राजविराज नगरपालिकाको बारुणयन्त्रलाई खबर गरेपनि कुनै पनि बारुणयन्त्र आईनपुगेकाले आगो नियन्त्रणमा कठिनाई भएको स्थानीय रामानन्द यादवले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖