आगलागीबाट ५० घर नष्ट

लहान, २९ चैत । सिरहाको सखुवा नन्कारकटी–८ सिमराहास्थित दलित बस्तीमा गएराति भएको भीषण आगलागीमा ५० घर जलेर नष्ट भएका छन् ।

स्थानीयवासी हरिनारायण मण्डल (खत्वे)को परालको थुप्राबाट आगो सल्केर सोमबार साँझ ५ बजेदेखि सुरु भएको आगलागी वारुणयन्त्रको सहयोगमा स्थानीयवासी र प्रहरीको अथक प्रयासबाट राति ९ बजेतिर मात्र नियन्त्रणमा आएको थियो । आगलागीबाट स्थानीय ३५ परिवारका घर जलेर नष्ट भएको इप्रका, महेशबारी सिरहाका प्रहरी नायब निरीक्षक रामकृष्ण चौधरीले जानकारी दिनुभयो ।

आगलागीमा परी चार गोरु, आठ बाख्रा तथा स्थानीयवासीको घरमा भएका गरगहना, फर्निचर, खाद्यान्न, भाँडाकुँडालगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा करिब रु डेढ करोडभन्दा बढी मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीलगत्तै लहान, सिरहा र राजविराज नगरपालिकाका वारुणयन्त्रलाई खबर गरिए पनि वारुणयन्त्र ढिलो गरी आएकाले आगलागीबाट ठूलो धनजनको क्षति भएको स्थानीयवासी रामानन्द यादवले गुनासो गर्नुभयो ।

यसैगरी सिरहाको कल्याणपुर नगरपालिका–७ स्थित धु्रवतारा बोर्डिङ स्कुलमा गए राति १२ बजेतिर भएको आगलागीमा रु तीन लाख ५० हजार बराबरको क्षति भएको छ । आगलागीबाट स्कुलको भवन तथा फर्निचरसमेत जलेर नष्ट भएको प्रहरी चौकी, भेडियाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖