नवराज सिलवाल फेरि गए अदालत, महानिरीक्षक बनाउन माग

काठमाडौं, चैत २९ । प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सरकारले गैरकानुनीरुपमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको जनाउँदै आफूलाई महानिरीक्षक बनाउन माग गरी मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रधानमन्त्री, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाइ दायर गरिएको निवेदनमा आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा पाउने कानुनप्रदत्त हकमाथि आघात सिर्जना भएको हुँदा मन्त्रिपरिषदको सोमबारको निर्णय बदर गरी आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गरिएको छ ।

निवेदनमा चार वर्षको कार्यसम्पादन मूल्यांकनमा आफूले २६३ र प्रकाश अर्यालले २६२ अंक प्राप्त गरेको हुँदा आफू कार्यसम्पादन र मूल्यांकनमा अगाडि भएको उल्लेख छ ।

यसअघि प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई सरकारले बढुवा गरेपछि सो कार्यान्वयन नगराइ आफूलाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षक बनाउन माग गर्दै उनीद्वारा दायर गरिएको निवेदनमा अदालतले चार वर्षको कार्यसम्पादन र मूल्यांकनका आधारमा वरिष्ठतमलाई बढुवा गर्न आदेश दिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।