पूर्वसभासद् बालकृष्ण ढुङ्गेलविरुद्ध अवहेलनासम्बन्धी मुद्दा

फाईल फोटो

काठमाडौँ, ३० चैत । सर्वोच्च अदालतमा पूर्वसभासद् बालकृष्ण ढुङ्गेल विरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरिएको छ ।

नेकपा (माओवादी केन्द्र)का नेता ढुङ्गेलले कही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलनासम्बन्धी सो मुद्दा दायर गरिएको हो ।

ढुङ्गेलले सार्वजनिक स्थानमा आफूलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाउने पूर्वन्यायाधीश कल्याण श्रेष्ठविरुद्ध अदालतको अवहेलना हुने गरी दिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता दिनेश त्रिपाठीले आज सो मुद्दा दायर गर्नुभएको हो । मुद्दामा सर्वोच्च अदालत ऐनबमोजिम आदेश जारी गरी एक वर्ष कैद र रु १० हजार जरिवाना गर्नुपर्ने माग गरिएको छ ।

सर्वोच्च अदालतले यसअघि पूर्वसभासद् ढुङ्गेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर फैसला कार्यान्वयन नहुँदा ढुङ्गेलले सार्वजनिक स्थानमा पूर्वन्यायाधीशविरुद्ध अभिव्यक्ति दिँदै हिँडेको आरोप लगाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।