धर्म परिवर्तन निषेध गरिने

भीमदत्तनगर, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुक धर्मनिरपेक्ष राष्ट्र घोषणापछि धर्म परिवर्तन गराउने काम भइरहेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा आज आयोजित महाकाली अञ्चलस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी विजयी भएका नगर र गाउँपालिकामा धर्म परिवर्तन गराउने कार्य निषेध गरिने बताउनुभयो ।

उहाँले यही वैशाख ३१ गते हुने निर्वाचनमा मुलुकको वर्तमान अवस्थालाई समीक्षा गरेर मतदान गर्न आग्रह गर्दै भन्नुभयो–‘निर्वाचन जितेको ठाउँमा मावि तहसम्मको अध्ययन निःशुःल्कदेखि बाल विवाह र बहुविवाहमा समेत प्रतिबन्ध लगाइनेछ ।”

उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले मुलुक गम्भीर सङ्क्रमणबाट ग्रसित रहेकाले त्यसको निदानका लागि रोगको कारण खोजेर उपचार खोज्नुपर्नेमा जोड दिनुभयो ।

सभामा राप्रपाका महामन्त्री जयन्त चन्दले स्थानीय तहको निर्वाचनलाई राप्रपाले आफ्ना माग स्थापित गराउने अवसरमा रुपमा लिएको बताउँदै शान्ति र स्थायित्वका साथै संविधान कार्यान्वयनका लागि पार्टी सरकारमा गएको स्पष्ट गर्नुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।