‘माओवादीका पूर्वलडाकुहरुलाई अर्बौं रुपैयाँ बाँड्न लागियो’ : एमाले

काठमाडौं, वैशाख ७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तासीन दलहरुले चुनावी आचारसंहिता उल्लंघन गरेको भन्दै बिहीवार निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा गएको एमाले टोलीले निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवलाई भेटेर आयोगको ध्यानाकर्षण गराएको हो ।

प्रमुख आयुक्तसँगको भेटपछि एमाले नेता नेम्वाङले आचारसंहिताविपरीत माओवादीका पूर्वलडाकुहरुलाई लाखौं रुपैयाँकोदरले अर्बौं रुपैयाँ बाँड्न लागिएको दाबी गरे ।

उनले रोल्पामा समुदायमा आधारित खेलकुद कार्यक्रमका लागि बजेट पठाइएको र रोल्पामै ११३ ओटा गाविसमा सडक आयोजनाको नाममा रकम विनियोजन गरेको प्रमाण आयोगमा पेस गरेको बताए ।

भेटमा प्रमुख आयुक्त डा. यादवले आचारसंहिता उल्लंघन भएको सन्दर्भमा आयोगको ध्यानाकर्षण भएको भन्दै उचित कदम चाल्ने आश्वासन दिएको पनि एमाले नेताहरुले बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।