धनकुटाको मुलघाट सडक खण्डमा बस पल्टियो, २७ जना घाईते, कोशी राजमार्गै अवरुद्ध (फोटो-भिडियो सहित)

धनकुटा खबर, सोमबार अपरान्ह धनकुटाको मुलघाट सडक खण्डमा बस दुर्घटना हुंदा २७ जना घाईते भएका छन् ।

https://youtu.be/3_DpYmmqMFk

संखुवासभाको खाँदबारीबाट धरान जाँदै गरेको को १ ख ४०७२ नं.को पशुपति यातायात मुलघाट–च्याङ्च्याङ्बारीमा पर्ने जंगल भित्रको पाँच गोलाईमा दुर्घटना भएको हो ।

ब्रेकफेल भई बस भित्तामा ठोकिएर बीच सडकमा दुर्घटना ग्रस्त भएपछि करिव आधा घण्टा यातायात अवरुद्ध भएको थियो ।

बसमा सवार ३५ यात्रु सवार रहेको ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

घाईतेहरुको धरान स्थित बिपी कोईराला स्वास्थ्य प्रतिष्ठानमा उपचार गर्न पठाईएको प्रहरी उपरीक्षह सुदिपराज भण्डारीले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।